पदाधिकारीबिनै माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

धनगढी, २९ मंसिर– नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रले प्रदेशमा दुई सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्नेछ ।

Dadeldhura hospital

कमिटी निर्माण गर्दा प्रदेशका प्रत्येक वडाबाट ११ जना महिला, दलित, पिछडिएको वर्गलाई समेटिएको माओवादी केन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । हाललाई दुई सय १९ सदस्यीय कमिटी निर्माण गरिएकोमा कमिटीको पहिलो वैठकबाट चार जना मनोनयन गर्दै दुई सय २३ सदस्यीय कमिटी निर्माण गरिने इन्चार्ज भट्टले बताए ।

Navadurga sun
Godawari sandesh

कमिटीको पहिलो बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि धेरै जना आकांक्षी हुँदा माओवादी केन्द्रलाई अध्यक्ष चयनमा भने सकस देखिएको छ । केन्द्रले कैलालीका हरि चौधरीको नाममा सहमति गर्ने आन्तरिक योजना बनाएको भएपछि अन्य आकांक्षीले उनलाई न स्वीकार्दा समस्या भएको बुझिएको छ ।

प्रदेश अध्यक्षका लागि निवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज वीरमान चौधरी, नेपबहादुर चौधरी, बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य हरि चौधरी, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।

Loading...