अत्तरियामा पुष २ गतेदेखि सुदूरपश्चिम राजधानी कप हुने
पुरुष तर्फ विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार, महिला तर्फ विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने





प्रकाशबहादुर बोहरा
अत्तरिया, २५ मंसिर- कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी कप-२०७८ तेस्रो संस्करण (महिला तथा पुरुष) फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोटर्स क्लब अत्तरियाको आयोजनामा पुष २ गतेदेखि १० गतेसम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।


आयोजक पिएफए स्पोटर्स क्लबले शनिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।गोदावरी नगरपालिका वडा नं ८ स्याउले कैलालीमा रहेको शिवशक्ति खेल मैदानमा हुने उक्त प्रतियोगितामा ८ पुरुष र ६ महिला गरी जम्मा १३ ओटा टिमको सहभागिता रहने खेल संयोजक रविन्द्र राज भण्डारीले बताए ।


राजधानी कप संचालन गर्नका लागि कुल जम्मा रकम ४७ लाख ६ हजार रुपैया खर्च लाग्ने खाका आयोजक क्लवले तयार पारेको छ । त्यसैगरी पुरुष तर्पmका विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल पाउने छन् भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।

सुदूरपश्चिम राजधानी कप हाम्रो गौरव भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै यस सुदूरपश्चिम राजधानी कप प्रतियोगीतालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सुदूरपश्चिमको पहिचानलाई विस्तार गर्ने लक्ष्य रहेको खेल संयोजक भण्डारीले बताए ।
सुदूरपश्चिम राजधानी कप २०७५ साल देखि आयोजित प्रतियोगीतालाई निरन्तरता दिई प्रत्येक बर्ष आयोजना गर्दै प्रत्येक बर्ष स्तरोन्नती गर्दै लग्ने, फुलबल खेलको बिकासका लागी युवाहरुलाई अभ्यासको व्यवस्था मिलाउने, उद्योगी, व्यवशायी, संघ संस्थालाई खेलमा समावेश गराउने, प्रतियोगितालाई अझ स्तरिय र मर्यादिन बनाउन तेश्रो मुलुकका टिमहरुलाई सहभागी गराउने, खेल प्रेमी दर्शकहरुलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने, स्थानिय स्तरका उदयमान खेलाडीहरुलाई परिचित गरि स्थापित हुने वातावरण मिलाउने, खेलाडीहरुलाई व्यवसायीकरण तर्फ लैजानका लागि उचित वातावरण गरिदिन प्रायोजकहरुका लागि आफ्नो कम्पनी, संघ-संथा, फर्म, कार्यालयको राष्ट्रिय स्तरमा व्यापक प्रचार-प्रसार तथा प्रवन्धनका लागि वातावरण सृजना गराउने उद्देश्य सहित उक्त प्रतियोगिता संचालन गर्न लागिएको राजधानी कपका खेल संयोजक भण्डारीले जानकारी दिए ।
आयोजक पिएफए स्पोटर्स क्लवका अध्यक्ष अमित बरालको सभापतित्वमा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी रहेका थिए भने विशिष्ठ अतिथी सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिब दुर्गा प्रसाद अधिकारी रहेका थिए ।
सुदूरपश्चिम राजधानि कपको पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका वडा अध्यक्ष नरेश बहादुर अधिकारीले वडा र मेरो तर्फबाट गर्न सकिने सहयोग पूणर् रुपमा हुने प्रतिवद्धता व्यक्त गर्दै खेलकूद लगायत यो देशको जिम्मेवारी समेत युवाको काधमा रहेको समेत बताए ।
कार्यक्रममा क्लबका सल्लाहाकार एबम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पालले शुभकामना मन्तब्य व्यक्त गरेका पत्रकार सम्मेलन कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।



