आगलागीबाट ध्वस्त भएको आलोक मल्टी कन्सर्न पुनः सञ्चालनमा

धनगढी, २५ मंसिर– उद्घाटन अगावै आगलागीबाट पुर्ण क्षति भएको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि पुनः सञ्चालनमा आएको छ ।

Dadeldhura hospital

गत चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा हुने तयारी रहेका बेला फागुन २२ गते शनिवार एक्कासि उद्योगमा आगलागी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो । आगलागी हुँदा झण्डै पौने पाँच करोडको नोक्सान भएको थियो । आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालिलाई जनस्तरबाटै आर्थिक सहयोग र उद्योग सञ्चालनमा आउन्जेलसम्म सहुलियत रुपमा विभिन्न व्यक्तिको आर्थिक रकम सहयोगबाट तत्कालै उद्योग सञ्चालनमा ल्याएको आलोक मल्टी कन्सर्न प्रालिका सञ्चालक भोजराज भट्टले बताए । करिब १० करोडको लगानीमा उद्योग पुनः सञ्चालनमा ल्याइएको हो ।

Navadurga sun
Godawari sandesh

आलोक मल्टी कन्सर्न प्रालिको आज शनिवार सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्री अब धनगढीमै सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं, किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका सामाग्री उत्पादित गर्ने उद्देश्य रहेको सञ्चालक भट्टले बताए ।सो उद्योगमा ८० जना भन्दा बढीले रोजगारी पाएका छन् ।

Loading...