जनस्वास्थ्य कार्यालय कैलालीलाई स्वास्थ्य सामग्री हस्तान्तण

धनगढी, २४ मंसिर– कैलालीका विभिन्न स्थानीय तहका लागि कोभिड चिस्यान केन्द्र व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । केयर नेपाल र सीएसएसडीको सहकार्यमा सामग्रीहरु हस्तान्तण गरेको हो ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशका सामाजिक विकाकास मन्त्री लालबहादुर खड्कालाई केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गरेकी हुन् । कोभिड खोप व्यवस्थापन गर्नका लागि आईसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, भ्याक्सयन करियर, आईसप्याक लगायत ३१ लाख ९१ हजार ३ सय ४० रुपैयाँ का सामग्री हस्तान्तरण गरेको सीएसएसडी कैलालीका कार्यक्रम संयोजनक जगत उपाध्यायले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको उनका भनाई छ । मन्त्रालयले बुझेका सामग्रीहरु स्वास्थ्य कार्यालय कैलालीलाई बुझाएको हो । सामग्री बुझ्दै मन्त्री खड्काले कोभिड व्यवस्थापन सामग्री सहज हुने बताए । खुल्ला सिमानाका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुर लगायत जिल्लाहरु जोखिम रहेको बताए । ‘कोरोनाको दुई वटा भेरियन्टको महामारी हामीले भोगिसक्यो’, मन्त्री खड्काले भने । ‘अव कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरणमा गर्न सक्छौँ ।’ उनले प्रदेश सरकार सीमानामा स्वास्थ्य परीक्षण देखि होल्डिङ सेन्टर लाई चाडो भन्दा चाडो सञ्चालन ल्याउन प्रयासमा रहेको बताए ।

कार्यक्रममा केयर नेपालकी सहायक निर्देशक मुना शेर्पाले विभिन्न विपद्मा जहिले पनि सहकार्य तत्पर रहेको बताए । ‘धेरै बर्ष देखि कैलाली लगायत धेरै जिल्लामा विपद्मा केयर नेपाल काम गदैँ आएको छ’, उनले भनिन् ।

Loading...