भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना, ४ को शव बरामद (को को थिए हेलिकप्टरमा)

काठमाडौँ, २३ मंसिर– भारतीय पूर्वसेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ। रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई १७ को हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको हो। रावत यसअघि भारतीय सेनाका प्रमुख थिए।

Ganyapdhura gau

रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद गत वर्षमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।

Navadurga sun
Dadhaldhura pur

उक्त हेलिकप्टरमा बिपिन रावत, उनकी श्रीमती मधुलिकासहित सेनाका १४ अफिसरहरु सवार थिए। अहिलेसम्म चार जनाको शव बरामद भएको छ। बरामद भएका शवहरु पूर्णरूपमा जलेका छन्।

दुर्घटनाको करीब एक घन्टापछि जनरल रावतको वेलिंगटनको मिलिट्री अस्पताल लगिएको छ। उनको अवस्थाबारे कुनै आधिकारिक जानाकरी दिइएको छैन।

हेलिकप्टरमा को को सवार थिएः

१. जनरल बिपिन रावत
२. मधुलिका रावत
३. ब्रिगेडियर एलएस लिद्दर
४. ले. क. हरजिंदर सिंह
५. नायक गुरसेवक सिंह
६. नायक. जितेंद्र कुमार
७. लांस नायक विवेक कुमार
८. लांंस नायक बी. साई तेजा
९. हवलदार सतपाल

ADD Khali jpg
ADD Khali jpg
Loading...