सुदूरपश्चिमका २० पालिकालाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय

अत्तरिया, २१ मंसिर– गृहमन्त्रालयले सुदूरपश्चिमका छ जिल्लाका २० स्थानीयतहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुन लागेका सुदूरपश्चिम प्रदेशको डडेलधुराका पाँच स्थानीय तह नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका रहेका छन् ।

Navadurga sun

बझाङका चार स्थानीय तह थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका रहेका छन् ।यस्तै डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन् ।

त्यस्तै बाजुराका हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाका दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...