लम्कीका भूपेन्द्र बडुवालका हत्यारालाई कारबाहीको माग गदैँ धनगढीमा प्रदर्शन





धनगढी, २१ मंसिर- कैलालीको लम्कीका भूपेन्द्र बडुवालका हत्यारालाई पक्राउ गरी कारबाही गर भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । मङ्गलवार बडुवालका आफन्तहरुले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गदैँ प्रदर्शन गरेका हुन् । उनीहरूले ‘हत्याराहरूलाई कारबाही गर, हत्याराहरूलाई धरौटीमा रिहा गर्न पाइँदैन’ सम्पूर्ण हत्यारालाई जन्मकैद’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।



धनगढीको पार्कचोक बाट सुरु भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय देखि जिल्ला अदालत कैलालीको गेट सम्म उनीहरूले नारा सहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागि मृतकी आन्टी मन्जुदेवी बडुवालले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न माग गरिन् । उनले परिवारले न्याय पाउनु प्रर्ने बताईने । अदातमा आएको मुद्धालाई वकीलहरु मिलेर हत्यारालाई धरौटिमा छोडेमा कडा अन्दोलन गर्ने चेतावनि समेत दिइन् ।


यस्तै प्रदर्शनमा सहभागि अर्की महिला नेत्रि सम्जना केसीले सानो उपस्थितिमा चेतवनी मात्र भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सडकलाई थप तताउने बताइन् । ‘नेपालमा दिनदिनै न्याय मर्दै गएको छ हमीले हेरीरहेका छौ ।’ हत्याराहरुलाई जुनसुकै ठाउबाट पनि प्रहरी प्रशासनले ल्याएर कारबाहीको दाएरामा ल्याउन आफुहरुको माग रहेको उनले बताईन ।
कात्तिक २३ गते मङ्गलवार राति भूपेन्द्र बडुवालको हत्या भएको थियो । हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । सोाबार पत्रकार सम्मेलनको आयोजना गर्दै बडुवाल हत्या प्रकरण हालसम्म १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिएका थिए । उनका अनुसार अझै हत्यामा संलग्न ९ जना फरार अवस्थामा रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।



