नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

काठमाडौं, २० मंसिर– नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

Ganyapdhura gau

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

Navadurga sun

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

‘पछिल्लो समय विदेशबाट आउनुभएका दुई जना नागरिकहरु जसलाई शंका लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राति कोरोना संक्रमण पुष्टि भयो’ उनले भने, ‘यो (ओमिक्रोन भेरियन्टको) पहिलो संक्रमण हो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुमा कुनै लक्षणहरु पनि छैन । उहाँहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ ।’

Dadhaldhura pur

६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ

हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको सहप्रवक्ता अधिकारीले बताए ।

२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ। छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति:

 

ADD Khali jpg
ADD Khali jpg
Loading...