अत्तरिया जेसीज तथा जुनियर जेसीजको जेसिज सप्ताह कार्यक्रम सुरु





अत्तरिया, २० मंसिर- कैलालीको अत्तरियामा ‘जेसिज सप्ताह संयुक्त’ कार्यक्रम सुरु भएको छ । अत्तरिया जेसिज वर्ष २०२१ र अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । सोमबार जेसिज सप्ताह संयुक्त कार्यक्रमको उद्घाटन एवम् अनुभव आदान प्रदान गरी सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको छ ।


अत्तरिया जेसिज वर्ष २०२१ का अध्यक्ष पदम राज ओझाको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन ।


उक्त कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले अत्तरिया जेसिजले युवायुवतीहरुको व्यक्तित्व विकाशमा महत्वपुणर् योगदान पुर्याउदै आएको बताईन । आफ्नो नेतृत्व क्षमताको विकाश गर्न जेसिजमा आवद्ध हुनुपर्ने समेत बताएकी थिइन । उनले अगाडी थप्दै भनिन् विद्यालयमा शिक्षकहरुले किताबी ज्ञानका साथै नैतिक शिक्षा पनि सिकाउने गर्दछन तर आफ्नो मनमा लागेको कुरा भन्न सक्ने तथा समाजको नेतृत्व गर्न सक्ने व्यक्ति जेसिजले बनाउछ ।

उनले जेसिज कुनै एनजिओ आईएनजिओ जस्तो संस्था नभई निःशुल्क रुपमा आफुमा भएको ज्ञानसीप अर्कालाई बाड्ने र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकाशमा सहयोग पुर्याउने संस्था भएको बताईन । युवायुवतीहरुलाई आफुमा लुकेर रहेको क्षमतालाई बाहिर ल्याउनका लागी जेसिजमा आवद्ध हुन आग्रह समेत गरेकी छिन् ।
कार्यक्रमको बारेमा जानकारी दिदै सप्ताहव्यापी कार्यक्रमका मुल समिति संयोजक मान ऐरले जेसिजको वार्षिक कार्यक्रम अनुसार जेसिज सप्ताह सुरु भएको बताए । संयोजक ऐरले जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यका साथै युवाहरुको प्रतिभा उजागर गर्ने किसिमका कार्यक्रमहरु रहेको बताए । सप्ताहव्यापी कार्यक्रममा मुख्य रुपमा बक्तित्वकला प्रतियोगीता, मैत्रीपुणर् फुटबल प्रतियोगीता, सरसफाई, वृक्षारोपण र स्वास्थ्य शिविर जस्ता कार्यक्रम रहेका छन् । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन भने समापन कार्यक्रम आयोजना गरिने उनले बताए ।
उद्घाटन कार्यक्रममा जेसिजका पुर्व अध्यक्षहरु कमल कडायत, गणेश शाह र प्रमोद अधिकारी सहित विभिन्न विद्यालयका विद्यार्थी, जेसिजका पदाधिकारी र पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त अत्तरिया जेसीज तथा अत्तरिया जुनियर जेसीज सप्ताह कार्यक्रम २०२१ को कार्यक्रम सोमबार देखि सुरु भई २६ गतेसम्म चल्ने छ ।
अत्तरिया जेसिज वर्ष २०२१ का उपाध्यक्ष भरत साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रेरणा पाण्डेयले गरेकी थिईन ।



