गोदावरी नगरपालिकामा वृहत सरसफाई अभियान सुरु, सरसफाई अभियान २३ सम्म हुने

अत्तरिया, २० मंसिर– कैलालीको गोदावरी नगरपालिकामा वृहत सरसफाई अभियान सुरु भएको छ । सोमबार देखि सुरु भएको सरसफाई अभियान बिहिबार सम्म सञ्चालन हुने भएको छ ।

Dadeldhura hospital

सरसफाई अभियान नगर प्रमुख हरिसिंह साउँद, प्रमुख प्रशाकीय अधिकृत खेमराज जोशी लगायत वडा अध्यक्ष र कर्मचारीहरुको सहभागितामा सुरु गरेको हो । नगरको मुख्य भाग बजार अत्तरियामा थुनिएका ढल सहित फोहोर पदार्थ हटाएको छ ।

Navadurga sun
Godawari sandesh

सरसफाई कार्यक्रममा नगर प्रमुख साउँदले नगरका १२ वटै वडालाई सुन्दर र सफा राख्नका लागि स्थानीहरुको नै बढी भूमिका रहने बताए । नगरलाई सरसफाई गर्न नगरले अगुवाई मात्र गर्ने हो भने सरसफाई गर्नमा स्थानीयहरु नै सक्रिय बन्नु पर्ने हुन्छ । स्वास्थ्य नै धन भएकाले नगरवासीलाई सरसफाईमा ध्यान दिन पनि नगर प्रमुख साउँदले आग्रह गरेका छन् ।

पटक-पटक नगरपालिकाले सरसफाई अभियान गर्ने गरेको छ । नगरपालिका प्रमुख प्रशाकीय अधिकृत खेमराज जोशीले नगरलाई विभिन्न रोगको संक्रमणबाट जोगीनका लागि सरसफाईमा ध्यानदिनु पर्ने बताए । सरसफाई कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुको समेत सहभागिता रहेको थियो । उक्त सरसफाई अभियान सोमबार २० गतेबाट सुरु भई २३ गतेसम्म संचालन हुने भएको छ ।

Loading...