फोटो सहितको मतदाता नामावली संकलन कार्य कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सुरु




अत्तरिया, १८ मंसिर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु भएको छ ।नगरपालिकाकाले यस अघि छुटेका नगरबासीहरुको शुक्रवार देखी नगरपालिकाको कार्यलयमै फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु गरेको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।



हमालले यस अघि छुटेकाहरुलाई सयममै कार्यालयमा आएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएर आफ्नो मतदाधिकार सुरक्षित गर्न सबै नगरबासीमा आग्रह गरेका छन् । उनले मंसिर १७ गते शुक्रवार देखी १५ दिन सम्म नामावली संकलन हुने बताए ।


उनले बिहान १० देखी ५ बजेको समय तोकिएपनि १५ दिन भित्र सबै छुटेको नगरबासीहरुलाई समेट्नका लागि समय केही बढाएर बिहान ८ बजेदेखी साझँ ५ बजे सम्म राखिएको बताए । यो सयम भित्र मतदाता नामावलीमा नाम छुटेकाहरुले नागरिकता लगेर नगरपालिकाको कार्यलयमा जान सक्कनेछन् ।



