धनगढीको वडा नं. ३ मा नेकपा एसको कमिटी गठन




धनगढी, १७ मंसिर– नेकपा एकिकृत समाजवादी पार्टी धनगढी उप-महानगरपालिका वडा नं. ३ को अध्यक्षमा राम बहादूर तोलाङ्गी चयन भएका छन् । शुक्रबार युवा नेता युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा कैलाली सह ईन्चार्ज ओम बिक्रम चन्दको अध्यक्षतामा भएको भेलाले तोलाङ्गीलाई अध्यक्षमा चयन गरेको हो ।



त्यस्तै वडा कमिटिको उपाध्यक्षमा मुरलिधर पैतोली, सचिवमा ईश्वर चन्द चयन भएका छन् । आजै ३१ सदस्यीय वडा कमिटि निर्माण गरेको चन्दले बताएका छन् । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कलावती जोशीको प्रमुख आतिथ्यमा आयोजित भेलामा पार्टीका धनगढी उप महानगर कमिटि अध्यक्ष मदनराज रेग्मी, सचिव बाबुराजा श्रेस्ठ तथा उप सचिव तुलाराम खनालको सहभागिता थियो ।


पार्टी संगठन निर्माणमा निकै सक्रिय रहेको नेकपा एकिकृत समाजवादी दलले आफ्नो पार्टीको उपस्थिती बलियो बनाउने दावी गरेको छ । नेता ओम चन्दले धनगढीका सबै वडाहरुमा कमिटि गठन भइरहेको र पार्टी प्रती आकर्षण बढेको समेत दावी गरेका छन् ।



