अन्तर्राष्ट्रिय अपांगता दिवसमा विविध कार्यक्रम

Dadeldhura hospital

धनगढी, १७ मंसिर– अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा धनगढीमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ । सर्वाङीण अपांगता विकास समाज नेपाल, रिह्याब फाउन्डेसन नेपाल, समावेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लव धनगढी संयोक्त आयोजना ।

लुथरन विश्व फेडरेसन नेपाल दिगो विकास समाज भजनी, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, नीडस नेपाल, आईएल सेन्टर कैलालीको आर्थिक सहयोगमा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा अपांगता मानव अधिकारको अवस्था, कानुनी प्रावधान बारे सञ्चार जगत र सरोकारवालाहरु सगको निति सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

सर्वाङीण अपांगता विकास समाज नेपालका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा रास्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहन देव जोशी प्रमुख अतिथि थिए । प्रमुख अतिथि जोशीले समग्र अपांगता भएका नागरिकका सवालहरु सम्बन्धि मन्त्री र मुख्य मन्त्री समक्ष पुर्याउने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा समाबेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लबले व्हिल्चियर÷ ट्राईसाईकल दौड प्रतियोगिता धनगढी स्थित रंगशालामा सम्पन्न गरिएको थियो ।

यस्तै दौड प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र शान्तवना हुने प्रतिस्पर्धीलाई नगद पुरुस्कार, जर्सी, नीडस नेपाल द्वारा सहयोग प्राप्त ४० जनालाई हाईजिन किट र प्रमाणपत्र समेत वितरण गरिएको हो । उक्त कार्यक्रमको संचालन अपांगता अधिकारकर्मी नन्दराज भट्टले गरेका थिए भने कार्यक्रमको स्वागत मन्त्ब्य समाबेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लबका अध्यक्ष ईन्द्र बहादुर पाली ले गरेका हुन । सम्बाद कार्यक्रममा ह्यान्डिक्याप ईन्टरनेस्नलका प्रतिनिधि, धनगढी उप महानगरपालिकाका सामाजिक विकास अधिकृत, पत्रकारबहिरा संघ कैलाली, नेत्रहिन युवा संघ कैलाली, फुलवारि अपांग संघ कैलाली लगायत विभिन्न सरकारी गैरसरकारी संघ सस्था र सरकारी कार्यालयका प्रतिनिधि सहित ५० जनाको सहभागिता रहेको थियो ।

यस्तै बौद्धिक अपांगता अभिभावक निर्मला बिष्ट, बहिरा संघ कैलालीका सचिब, नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष र समाबेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लबका अध्यक्षले प्रदेश निति र अपांगता अधिकारको विषयमा आआफ्ना धारणा राखेका थिए भने कार्यक्रमका प्रमुख सहजकर्ता नन्दराज भट्टले थिए । अपांगता समाबेशी निति तर्जमा गर्न यहाँ उठेका सम्पूर्ण सवाल दस्तावेजीकरण गरि सम्बन्धि निकायमा पु¥याउनु रास्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले भुमिका खेल्ने छ ।

Loading...