नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका सर्यो






धनगढी : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ । प्रथम सुदूरपश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो । विहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजे देखि ४ बजे गरिएको छ ।
यस्तै मनोनयन पत्र माथी पर्ने दाबी, बिरोध दर्ता गर्ने जाचबुझ गर्ने ४.३० बजे देखि दिउसो ५ू बजे, सो उपर निर्णय ५ .३०, उम्मेदवारको नेपाली बर्णनुक्रम ९ देवानगरी, लिपि० पहिलो नाम प्रकाशित गर्ने ५ : ३० बजे कायम गरिएको छ ।
यस्तै, मनोनयन फिर्ता लिने ५: ३० देखि ६:३० बजे, अन्तिम नामवली प्रकाशन साँझ ७ : ३० बजे र मतदान भोली बिहाना ८ बजे देखि तोकिएको छ ।
प्रदेश कार्य समितिका लागि सभापती १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ ९१ महिला सहित ० र प्रदेश सदस्य ५१ जना रहने छन ।
प्रदेश सभापतिका लागि नेता बिरबहादुर बलायरलाई सभापति सर्वसम्मत रूपमा बनाउने प्रयास भईरहेको छ । यद्दपी प्रदेश सभापतिका आँकाक्षी कैलाली सभापति नरनारायण शाह र अछामका गोविन्दबहादुर शाह सहमत छैनन । उनीहरू सभापति पदबाट पछि हट्ने मनसायमा छन ।
प्रदेशमा सभापतिका आकाक्षी थपिने क्रम जारी छ । दिवानसिंह विष्टका वशेष पात्र मानिएका गोपालसिंह गुरूङ पनि सभापतिका आँकाक्षा व्यक्त गरेका छन ।
यसअघि, सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।



