नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन

धनगढी, १६ मंसिर– नेपाली काँग्रेस सुदूरपश्मि प्रदेश अधिवेशन सुरु भएको छ । धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गरेका हुन् । प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बाजुरा, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ र अछामका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन् ।

Dadeldhura hospital

सुदूरपश्चिममा काँग्रेसका ९ सय ७२ जना प्रतिनिधिहरु रहेका छन् । उद्घाटन सत्रमा काँग्रेसका नेता तथा कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले केपी ओली सत्तामा रहेको भए काँग्रेसको अहिले भईरहेको अधिवेशन नहुने दावी गरे । ‘केपी ओली सत्तामा भएको भए संविधानमा भएको व्यवस्था सबै खारेज हुन्थ्ये ।’, उनले भने ‘कम्युनिष्टहरु लाई जनताले दिएको दुई तिहाई जनमतको कदर हुन नसक्दा आज प्रतिपक्षमा भएको काँग्रेसले राज्यको नेतृत्व लिएको छ ।’ मुलुकको परिवर्तनका लागि काँग्रेसको जहिले पनि खाँचो रहेको नेता बडूले बताए ।

Navadurga sun
Godawari sandesh

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् ।

अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, बझाङ घर भएका पूर्वराज्यमन्त्री तथा पूर्वराजदूत अर्जुनजंगबहादुर सिंह र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष डोटीका नेता पुष्पकुमार शाहीले प्रदेश सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । लगातार दुई कार्यकालदेखि कांग्रेस कैलालीको सभापति रहेका नरनारायण शाह र कैलालीकै लम्कीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा उमेदवारी घोषणा गरेका छन् । प्रदेश सभापतिका लागि सर्वसम्मतको प्रयास पनि जारी रहेको छ । शुक्रबार मनोनयन र शनिबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।

Loading...