डिएसपी विष्टको विदाई

धनगढी, १५ मंसिर- जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट पुरस्कृत भएका छन । जिल्लाको शान्ती सुरक्षा अमन चयन कायम राख्ने कार्यमा सक्रिय भुमिका निर्वाह गरेको भन्दै उनी पुरस्कृत भएका हुन् । बुधबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले डिएसपी विष्टलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

Dadeldhura hospital

बिगत १८ महिना देखी प्रवक्ताको रुपमा कार्यरत रहेका बिष्टले विभिन्न मितिमा लागु औषध बरामद, फरार प्रतिवादी पक्राउ, वैध सुन बरामद, कर्तब्य ज्यान गरी फरार प्रतिवादी पक्राउ तथा बिभिन्न मितिमा घटेका घटनाहरुको सफल अनुसन्धान गरेको थिए ।

Navadurga sun
Godawari sandesh

साथै डीएसपी बिष्टले बिभिन्न राजनितिक दलले गरेका कार्यक्रम, बन्द, चक्काजाम, आमहडताल लगायत जिल्लामा भएको बिशिष्ट ब्यक्तीहरुको आवागमन कार्यक्रममा अहोरात्र खटी शान्ती सुरक्षा अमन चयन कायम राख्ने कार्य समेतमा सक्रिय भुमिका निर्वाह गरेको गरेका थिए ।

तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनिय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरेको भन्दै कार्यको उचित मुल्याङकन गर्दै कदर स्वरुप एक हजार पाँच सय नगद पुरस्कारद्वारा डीएसपी बिष्टलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डिएसपी विष्टको विदाई समेत गरिएको छ ।

Loading...