फरक स्वाद दिने उद्देश्यका साथ धनगढीमा २० लाखको लगानीमा कफी हाउस सञ्चालन

धनगढी, १३ मंसिर– सुन्दर सुदूरपश्चिमको अस्थायी राजधानी सुन्दर नगरी धनगढीमा २० लाखको लगानीमा माछापुच्छ्रे अग्र्यानिक कफी हाउस सञ्चालनमा आएको छ ।

सोमबार देखि धनगढी स्थित वडा नं. २ बस पार्क नजिकको एभरेस्ट बैङ्क लिमिटेडको पछाडि रहेको उक्त कफी हाउसको राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष सोमविक्रम सिंह र आई.एस.टी.एफ का अध्यक्ष विनयविक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पवन सेर चन्द, अर्जुन थापा, हेमन्त अधिकारी र सन्दीप कार्की ४ जना युवाहरूको संयुक्त लगानी रहेको कफी हाउसमा नितान्त विभिन्न प्रकारका नेपाली ‘ब्राण्डेड’ कफीहरूको स्वाद लिन सकिने छ ।

२० लाखको लगानीमा धनगढीमा फरक स्वाद दिने उद्देश्यका साथमा कफी हाउस सञ्चालनमा ल्याएको कफी हाउसका सञ्चालक पवन शेरचनले बताए । यो पोखराको माछापुच्छ्रे अग्र्यानिक कफी हाउसको शाखा हो । उनले भने, ‘४ जनाको संयुक्त लगानीमा यो कफी हाउस सञ्चालनमा ल्याएका हौँ । सुरुको एक वर्ष घाटामै गएर भए पनि ग्राहकलाई सेवा दिन्छौँ ।’

पछिल्लो समय नयाँ पीढी कपिप्रति आकर्षित हुँदै गएको छ र कफिका थुप्रै फाईदापनी छन्, अर्का सञ्चालक हेमन्त अधिकारीले भने, ‘अरू कुराको लत लगाउनु भन्दा कफी प्रेमी बनाउनकै लागि धनगढीलाई केन्द्रित गर्दै कफी हाउस खोलेका हौँ । त्यस्तै उनले धनगढीको माग अनुसारको स्वाद दिने बताएका छन् ।’ अहिले नितान्त कफीको स्वाद मात्रै दिन्छौँ तर भावी दिनमा फुड रेस्टुरेन्ट नै सञ्चालन गर्ने लक्ष्य रहेको अधिकारीले बताए ।

Loading...