पितृ शोकमा परेका पत्रकार भण्डारीलाई युनियनद्वारा समवेदना प्रकट

धनगढी, १० मंसिर– नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, रेडियो नेपाल काठमाडौमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई परेको पितृ शोकमा नेपाल प्रेस युनियन कैलाली शाखाले उहाँकै घरमा पुगेर समवेदना प्रकट गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

पत्रकार भण्डारीका पिता नेत्रप्रसाद भण्डारीको गत कार्तिक २४ गतेका दिन निधन भएको थियो । १६ औँ पुण्य तिथिको अवसर पारेर नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति अध्यक्ष बद्री सिग्देल र जिल्ला अध्यक्ष श्रवण देउवाद्वारा हस्ताक्षरित शोक वक्तव्यलाई फ्रेमिङ गरी पत्रकार भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।

Navadurga sun

शोक वक्तव्य हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष श्रवण देउवाले युनियनका सदस्यहरुको पीडामा सबैलाई पीडा महसुस हुने भएकाले त्यस्तो बेलामा आफूहरुले समवेदना प्रकट गर्न घरमै पुग्ने संस्कारको सुरुवात गरेको बताउँदै भने,‘हामीले समवेदना दिई अपनत्व प्रदान गर्ने कामको सुुरुवात गरिसकेका थियौँ, त्यही अन्तर्गत यसपटक पत्रकार भण्डारीको घरमा पुगेर पनि शोक वक्तव्य हस्तान्तरण गरेका हौँ ।’

त्यस्तै पत्रकार भण्डारीलाई परेको पितृ शोकमा दुःख व्यक्त गर्दै केन्द्रीय अध्यक्ष वद्री सिग्देलले भने,‘हामीले कैलाली शाखामार्फत् शोक वक्तव्य पत्रकार भण्डारीलाई पठाएका छौँ ।’ शोक वक्तव्य हस्तान्तरण कार्यक्रममा प्रेस युनियन जिल्ला अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष योगश रावल, नेपाल प्रेस युनियन कैलालीका पूर्व उपाध्यक्ष भीम चौधरी, नेपाल प्रेस युनियन डोटीका पूर्व सचिव पुष्पराज जोशी र नेपाल प्रेस युनियन डोटीका सदस्य टेकराज अवस्थी सहभागी थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...