जङ्गे पिल्लरबाट नेता भण्डारीले सुरु गरे ‘स्मार्ट कांग्रेस निर्माणलाई सर्वपक्षीय युवा नेतृत्व’ अभियान

धनगढी, १० मंसिर– नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष क्षितिज भण्डारीले ‘स्मार्ट कांग्रेस निर्माणलाई सर्वपक्षीय युवा नेतृत्व’ अभियान सुरु गरेका छन् । भारतसंग जोडिएको कैलाली–कञ्चनपुरको त्रिकोणात्मक सीमा क्षेत्र गौरीफन्टा नाका नजिकबाट नेता भण्डारीले नेपालको माटोलाई साक्षी राख्दै अभियान सुरु गरेका हुन् ।

Dadeldhura hospital

गौरीफन्टा सीमानाकास्थित नेपाली भूमि ७५३÷१७१ नम्बरको जंगेपिलरमा उभिएर पत्रकार सम्मेलनको आयोजना गर्र्दै उनले स्मार्ट कांग्रेस निर्माणको अवधारणा ल्याउन अभियान थालिएको बताए । भिजनसहितको मिशन बोकेर आफ्नो उम्मेदवारीबारे रायसुझाव संकलन गर्न नेपाली माटो बोकेर सुदूरपश्चिमदेखि सातवटै प्रदेशका राजधानीका आसपासका जिल्लाको यात्रा शुरुवात गरेको उनले बताए । साथै उनले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्नेसमेत बताए ।

Navadurga sun
Godawari sandesh

भारतीय पर्यटकको मानसरोवर अनि धार्मिक यात्राको गतिलो गन्तब्य बनाएर आर्थिक रुपमा समृद्धिको फड्को मार्न सकिने गौरीफन्टा नाकाबारे काँग्रेसका जिल्ला र प्रदेश अधिवेशनमा छलफल गरेर संस्थागत धारणा सार्वजनिक गर्नुपर्नमा उनको भनाइ छ । उनले गौरीफन्टा नाकामार्फत भारत र चीनसंगको सिधा व्यापारलाई पनि अगाडि बढाउन सकिने बताए । छाक टार्न रोजगारीका लागि भारत प्रवेश गर्नुपर्ने हाम्रो गरिबीको साक्षी पनि गौरीफन्टा नाका भएकाले यस्तो स्तरोन्नतिका लागि आजाव उठाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, उनले सुदूरपश्चिममा प्रदेश सरकार मातहतका कार्यालय राजनीति दलमा समेत केन्दीकृत शासन मनोविज्ञानले विकास बजेट कनिका छरेको जस्तो भएको उनले बताए । यसअघि नेता भण्डारीले बाढीपहिरो, कोभिड–१९, लकडाउन र आगलागीदेखि १ लाख सदस्यलाई काँग्रेसको चुनाव चिन्ह रुख, फलफूल र तरकारीका बोटहरु वितरण गरेका थिए । साथै उनले अब देशभर रुद्राक्षको रुख वितरण र राष्ट्रिय टोपी वितरण अभियान लिएर जाने बताएका छन् ।

Loading...