कैलाली कांग्रेसको अधिवेशन किन अनिश्चित ?

अत्तरिया, १० मंसिर– नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ।

पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले पार्टी केन्द्रको सल्लाहमै अधिवेशन स्थगित गरिएको दाबी गरे। ‘धनगढीमा प्रदेशको अधिवेशन हुँदै छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आयोजक जिल्लाको हैसियतले त्यसको तयारीमा लाग्नुपर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरेका हौँ ।’ सभापति शाहले भने, ‘अब जिल्ला अधिवेशन सम्भवतः पार्टीको केन्द्रीय महाधिवेशन पछि हुन्छ होला ।’ जिल्ला अधिवेशनको आन्तरिक तयारी नपुगेकाले पनि अधिवेशन सार्नुपरेको उनको भनाइ छ ।

प्रदेश अधिवेशनको तयारीसँगै जिल्ला अधिवेशनको व्यवस्थापनका लागि आवश्यक प्राविधिक एवं व्यवस्थापकीय कार्यको तयारीका केही आन्तरिक कामहरू गर्न नसकिएकाले पनि अधिवेशन प्रभावित भएको कांग्रेस कैलालीले विज्ञप्तिमार्फत जनाएको छ । ‘कैलालीमा नेतृत्वका आकांक्षी धेरै छन् । धेरै उम्मेदवार हुँदा उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसक्ने भएकाले निर्वाचन दुई चरणमा जाने निश्चित छ। निर्वाचन प्रक्रिया लम्बिँदा प्रदेश अधिवेशन प्रभावित हुने देखियो ।’

सभापति शाहले भने, ‘जिल्लाको तयारी पनि केही पुगेको थिएन, व्यवस्थापकीय हिसाबले अधिवेशन सार्नुपरेको हो ।’ यही १६ र १७ मंसिरमा प्रदेश अधिवेशन तोकिएको छ । केन्द्रीय महाधिवेशनका लागि २२ मंसिरबाट मनोनयन सुरु हुने भएकाले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि जाने निश्चित भएको नेताहरूले बताएका छन्।

व्यवस्थापकीय तयारी नपुगेको र प्रदेश अधिवेशनका कारण जिल्ला अधिवेशन सार्नुपरेको भनिए पनि देउवा पक्षमै जिल्ला सभापतिका आकांक्षी मिलाउन समस्या भएपछि अधिवेशन सारिएको बताइएको छ। यस्तै, क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिमा तीनजनाको समान मत आएपछि कसलाई छनोट गर्ने भन्नेमा विवाद छ । यही विवादले उक्त क्षेत्रमा महाधिवेशनमा विजयी भएकाहरूको नाम निर्वाचन समितिले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

Loading...