सुप प्रदेश खेलकुद परिषदको सदस्यमा स्थानिय युवा अधिकारी मनोनित

अत्तरिया- सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्यमा कैलालीको अत्तरियाका स्थानिय युवा दुर्गा अधिकारी मनोनित भएका छन् ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ मा भएको ब्यबस्था अनुसार सुदूरपश्चिम प्रदेशको समाजिक बिकास मन्त्रालयले अधिकारीलाई प्रदेश खेलकुद परिषदको सदस्यमा मनोनित गरेको हो । सदस्यमा मनोनित अधिकारीलाई बिहीबार समाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले सपथ खुवाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

चार बर्षका लागि मनोनित अधिकारीले प्रचलित ऐन, नियम र कानुनको अधिनमा रहेर तोकिएको जिम्मेवारी सम्पादन गर्नमा महत्वपूणर् योगदान रहने विश्वास लिइएको छ । अधिकारीले यस भन्दा अगाडी बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरिसकेका छन् ।

Loading...