अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन स् प्रचण्ड

अत्तरिया, ८ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीभन्दा कुनै हकमा कम नरहेको बताएका छन्। कैलालीको भजनी नगरपालिकाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनले यस्तो बताएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रचण्डले ‘खलनायक’ को आरोप लगाएका छन्।

‘कम्युनिष्टलाई एक गरे पछि देशमा राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,’ प्रचण्डले भने, ‘केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर ती नायक होइन, खलनायक परेछन् ।’

Navadurga sun

अध्यक्ष दाहालले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताएका छन्। ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् ।

‘ओलीले मैले भनेको केही मानेनन्। अघिल्लो सरकारले उल्टो मात्रै काम गरेको थियो’, उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ। यो गठबन्धनले जनताको हितमा काम गर्छ। अहिले पनि म बलियो छु। अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि छैन।’

भजनी नगरपालिकाका समस्याहरु समेटेर जनप्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।भजनीका बाढीपीडितलाई राहत उपलब्ध गराउन सरकारसंग पहल गर्ने प्रचण्डले आश्वासन दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...