तीन तहको चुनाव सम्मै पाँच दलिय गठबन्धन हुन्छ, कांग्रेसका सवै कार्यकर्ता एकमत छन् : प्रचण्ड

धनगढी, ८ मंसिर– नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचन सम्म पाँच दलिय गठबन्धन हुने दावी गरेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

कांग्रेसका केही नेताले महााधिवेसनमा भोटपाउनकालागि मात्रै गठबन्ध हुँदैन भने गरेपनि आन्तरिक रुपमा सवैले गठबन्धन चाहेको उनले बताए । ‘कांग्रेसको महाँधिवेसनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर भित्री रुपमा गठबन्धन नगरेर हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलविच राम्रो समझ्दारी बनेको छ ।’ पाँच ललिय गठबन्धनलाई थप बलियो बनाउँन राजनीतिक संयन्त्र बनेको उनले बताए ।

Navadurga sun

उनले लगत्तै हुने राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने बताए । ‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ,’ अध्यक्ष प्रचण्डले भने,‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधार समेत बन्ने छ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...