कैलालीको निङ्गलासैनी मन्दिरमा मंसिर ८ गते जाँत हुने

धनगढी, ५ मंसिर- धनगढी उपमहानगरपालिका- १३ कैलाली गाउँमा रहेको निङ्गलासैनी भगवती मन्दिरमा रतेडी जाँत पर्व हुने भएको छ। कैलाली गाउँमा रहेको निङ्गलासैनी भगवती मन्दिर कैलाली गाउँमा मंसिर ७ गते रतेडी र ८ गते जाँत पर्व हुने भएको हो।

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष दशमी तिथिमा हुदै आएको रतेडी र जाँत यस वर्ष केही दिन सरेर ७ रतेडी र ८ गते जात हुन लागेको जनाइएको छ । ७ गते राती महिला पुरुषको सयुक्त देउडा खेल र देउता पुज्ने कार्यक्रम रहने निङ्गलासैनी भगवती मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष दीर्घराज ओझाले जानकारी दिएका छन्।

Navadurga sun

मेलामा विगतका वर्ष झै यो वर्ष पनि धामी झाँक्रिहरुको नाच हुनेछ। साथै सम्पुर्ण भक्तजनहरूलाई देवी प्रसाद ग्रहण गर्ने र डेउडा प्रेमीहरुलाई आफ्नो कलासंस्कृतीको प्रदर्शन गरीने जनाइएको छ। साथै टाढाबाट आउनेहरुलाइ खान र बस्नका लागि समेत ब्यवस्था गर्ने मन्दिर ब्यवस्थापन समितीले निर्णय गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...