अदालतमा देखिएको समस्या प्रधानमन्त्रीले पहल गर्नुपर्छ : नेपाल

धनगढी, २ मंसिर- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या दलहरुबीचमा साझा धारणा बनाएर प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताका छन् ।

बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसंग प्रतिक्रिय दिदैँ उनले भने । ‘साझा धारण बनाएर प्रधानमन्त्रीको हसियतले अदालतको समाधान गर्नुपर्छ’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बैंठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकोले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेंक्षा अनुसार काम गरिरहेको दाबी समेत गरे । यस अघि पार्टी उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले एमाले गैरकम्युनिस्टहरुको पार्टी भएको आरोप लगाएका थिए ।

‘कम्युनिस्ट आचरण र सिद्धान्त मान्ने मान्छेहरू हाम्रो पार्टीमा छन’, अध्यक्ष नेपालले भने, ‘एमाले भन्ने पार्टीमा कम्युनिस्ट आचरण भएका मान्छे छैनन् । त्यहाँ गैरकम्युनिस्टहरु मात्रै छन् ।’ उनले नेकपा एमालेबाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको दाबी गरे । अध्यक्ष नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।

Loading...