सामुदायिक वन परिसरमा २ करोड बढी लागतमा इको पार्क निर्माण हुने

प्रकाशबहादुर बोहरा
अत्तरिया, १ मंसिर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ बाणीमा रहेको श्री गडविजुला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा गड् बिजुला इको पार्क ३८ हजार ८११.५२ वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भएको छ । उक्त सामुदायिक वन २००.१५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका नगरप्रमुख कणर् बहादुर हमालले उक्त ईको पार्क निर्माण कार्यको शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रमै बोल्दै नगरप्रमुख हमालले यस क्षेत्रको पर्यटन बिकासका निमित पर्यटकिय गन्तव्य स्थलको रुपमा अगाढी बढाई रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त पार्कको निर्माणले यहाँको सामुदायिक वनलाई आयआर्जन र विकास निर्माण सहयोगमा टेवा पुर्‍याउने बताए । उनले भने, ‘विशेष गरी पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने, संरक्षण गर्ने किसिमले इको पार्कको अवधारणमा यहाँको वातावरणीय सन्तुलन सहित स्वच्छता कायम रहने गरी यो कार्यलाई अगाडी बढाएका छौं ।’

Dadeldhura hospital

त्यसैगरी शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष जयनारायण जोशीले डिपीआरको लागि नगरपालिकाबाट सामुदायिक वनको सहकार्यमा डिपीआर तयार गर्न सफल भएको बताए । उनले भने, ‘ईको पार्क निमाणर् गर्नुपर्छ भनि हामी पहिले देखि नै अग्रसर भयौं । त्यो कसरी बनाउने भन्ने कुरामा सामुदायिक वन र मेरो सहकार्य भयो र मेयरसाप सँग पनि सल्लाह गरे ।’ त्यस्तै नजिकै नगर उद्याम यहीनिरी इको पार्क बनिसके पछि होम स्टेटलाई फाइदा हुने वडा अध्यक्ष जोशीले बताए ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अक्कल बहादुर बोहराले हाम्रो यस गड्जिला सामुदायिक वनमा ७०० जना उपभोक्ता छन् । उनले भने, ‘एकदमै विपन्न, सकुम्वासी, आरक्ष पिडीत, हलिया मुक्ती बस्ती छन् । तिनीहरुका एक कठ्ठा आधा कठ्ठ मात्र जग्गा छन् उनिहरुको आर्थिक स्थित उन्नती गर्नको लागि ईको पार्क निर्माण भएपछि आफ्नो व्यापार विजनेस गर्न सक्छन, ध्याय मजदुर गर्न सक्छन् ।’ सामुदायिक वनकै रेखदेख र सामुदायिक वनकै उपभोक्ताहरुको स्वामित्व रहने गरी ईको पार्कको निर्माण हुन लागेको अध्यक्ष बोहराले बताए ।

कृष्णपुर नगरपालिका र पुर्वाधार तथा उपज विकास संगको संयुक्त लगानिमा पार्क निर्माण हुने भएको छ । उक्त पार्क निर्माणका लागि डिपीआर रकम १२ करोड ४२ लाख ६५ हजार १९३ पैसा ६ रहेको छ भने अहिलेको ठेक्का लागत रकम ३ करोड ६८ लाख ५३ हजार १६१ पैसा ६७ रहेको छ । जसमा कृष्णपुर नगरपालिकाको १ करोड २८ लखा रहने छ भने पर्यटन पुर्वाधार तथा उपज विकासको २ करोड ४० लाख रकम रहेको छ ।

उक्त निर्माणको जिम्मा जोशी अमृत जे.भी., बेदकोटले पाएको छ । उनले भ्याट सहित २ करोड ३२ लाख ४३ हजार ९०७ पैसा ४४ मा पाएका हुन् । त्यसैगरी उक्त पार्क निर्माण कार्यको सम्झौता २०७८ भदौ २५ गते गरेको थियो भने २०७९ फागुन ३० गते सम्म सम्पन्न गर्नुपर्ने छ ।

उक्त जोशी अमृत जेभीले गर्नुपर्ने मुख्य कामहरुको रुपमा सिमा पर्खाल निर्माण, भोजनालय निर्माण, कार्यालय र गार्ड हाउस निर्माण, शौचालय र परिवर्तन कोठा निर्माण, परिदृष्य निर्माण, फोहोरा निर्माण, शिव मुर्ति निर्माण, पौंडी पोखरी ढुंगे धारा निर्माण, बच्चाहरुलाई खेल्नको लागि पार्क निर्माण र स्टिल झरना सहितको पुल निर्माण हुने भएका छन् ।

Loading...