कैलाली अदालत अगाडि बार एशोसिएशन कैलालीले लगातार तेस्रो दिन पनि कालो पट्टिसहित धर्ना

धनगढी, ३० कार्तिक– बार एशोसिएशन कैलालीले लगातार तेस्रो दिन पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कार्तिक २८ गतेबाट धर्ना दिँदै आएका कानुन व्यवसायीहरूले मंगलबार पनि कैलाली जिल्ला अदालत अगाडि कालो पट्टी बाँधेर धर्ना दिएका हुन ।

Ganyapdhura gau
Dadhaldhura pur

न्यायपालिकाको सुद्धिकरण र प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा नेपाल बार एशोसिएशनको विरोध कार्यक्रमलाई ऐक्यबद्धता सहित कैलाली अदालत अगाडि मंगलबार अन्तिम दिन पनि कालो पट्टी बाँधेर धर्ना दिइएको कैलाली बारका अध्यक्ष शिद्धराज ओझाले जानकारी दिए ।

Navadurga sun

न्यायालयमा मौलाएको विकृति, विसङ्गति, भ्रष्टाचार, बिचौलियापनको अन्त्य तथा सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन र सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशनले थालेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै विगत ३ दिन देखि कैलाली जिल्ला अदालत अगाडि कालो पट्टिसहित आफूहरूले धर्ना दिएको उनले बताए ।

साथै उनले यस चरणको अन्तिम दिन सम्म सक्रिय सहभागिता जनाई विरोधको कार्यक्रमलाई पूणर् रूपमा सफल बनाउन सहयोग गर्ने कैलाली जिल्ला अदालत बार एशोसिएशन आबद्ध वरिष्ठ कानुन व्यवसायी लगायत सम्पूणर् कानुन व्यवसायीहरूलाई हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...