थ्रिडिभिएल क्रियसनको आयोजना र प्लानेट भिटिको प्राबिधिक सहयोगमा १५० जनालाई एडभान्स कम्युटर कोर्ष सिकाईने

अत्तरिया, २८ कार्तिक– कैलालीको अत्तरियामा १५० जना विद्यार्थीलाई छात्रवृति दिएर कम्युटर प्रशिक्षण गराइने भएको छ । थ्रिडिभिएल क्रियसनको आयोजना र प्लानेट भिटिको प्राबिधिक सहयोगमा १५० जनालाई एडभान्स डिप्लोमा इन इन्र्फमेसन टेक्नोलोजी (एडिआइटी) कोर्षका लागि छात्रवृति दिन लागिएको हो ।

थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक जोशीले प्लानेट भिटि संग सम्झौता गरेर महङ्गो कोर्ष पढ्न नसक्ने विद्यार्थीलाइ छात्रवृती योजनामा समेट्न लागिएको बताए । उनले आफूहरुले देउसी भैलो खेलेको रकमलाई सामाजिक कार्यमा लगाउने उद्देश्यले छात्रवृति कार्यक्रम संचालन गर्न लागेको बताए ।

Navadurga sun
Godawari sandesh

‘हामीले थ्रिडिभिएलको छात्रवृति योजना अन्तरगत यस क्षेत्रका विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउन मुभीलाइज गराउने छौ’ उनले भने ‘हामीले छात्रवृतिका लागि सहयोग गरेका विद्यार्थीलाई पढाउने जिम्मा प्लाने भिटीले लिन्छ ।’ उनले कार्यक्रम अन्तरगत यस क्षेत्रका विद्यार्थीलाई प्लानेट भिटि सम्म पुगाएर सस्तो दरमा कोर्ष पढाइने बताए । प्लानेट भिटिका संचालन पुस्कर शर्माले थ्रीडिभिएलको सामाजिक कार्यक्रम अन्तरग छात्रवृति कार्यक्रम संचालन गरिन लागेको बताए । उनले यस कार्यक्रमबाट विद्यार्थीले अधिकतम छात्रवृती पाएर पढ्न पाउने बताए ।

Dadeldhura hospital

‘अहिले बजारमा डिजिटल मार्केटिङ पढ्न १८/२० हजार खर्च लाग्छ, कम्युटर डिप्लोमा गर्न १०/११ हजार खर्च लाग्छ त्यस्तै अंग्रेजी भाषा कक्षाका लागि ८/१० हजार खर्च लाग्छ । सिटिइभिटीले भने यो कोर्ष गर्न ६० देखि ७० हजार लिन्छ’ उनले भने ‘हामीले यि तिनै प्रोग्रामलाई एउटै प्याकेजमा राखेर छात्रवृति दिएर अध्यापन गराउने छौ ।’ उनले विद्यार्थीको इन्ट्रान्स मुल्याङ्कनका आधारमा छात्रवृति दिइने बताए । इन्ट्रान्स परिक्षामा ४० देखि ५० अंक ल्याउनेले मासिक ४५० मात्रै तिरे पुग्छ, ५० देखि ६० आएमा ५० देखि ६० आए ५५०, ६० देखि ७० आए ६५०, ७० देखि ९० आएमा ७५० र ९० देखि माथि आउनेले पूणर् रुपमा निःशुल्क पढ्न पाउने संचालक शर्माले बताए ।

‘यो कोर्षको हिसावले निकै न्युन रकम हो’ उनले भने ‘हामीले पूणर् छात्रवृति दिएमा विद्यार्थीले पढाइलाई त्यति महत्व नदिने भएकाले केही थोरै रकम लिएका हौ ।’ उनले १ बर्षको कार्यक्रम अन्तरगत ९ महिना सम्म प्रत्येक दिन २ घण्टा र ९ महिना पछि ४ घण्टा पढाइने बताए । उनले उत्कृष्ट २० जना विद्यार्थीलाई रोजगारी समेत दिईने बताए ।

छात्रवृति कार्यक्रम अन्तरगत मंसिरको पहिलो साताभित्र इन्ट्रान्स परिक्षा लिइने र मंसिर १५ देखि अध्यापन सुरु हुने जनाइएको छ । छात्रवृति कार्यक्रममा एसईई पास गरेका जुनसुकै उमेरका विद्यार्थी पनि यसमा सहभागि हुन पाउने जनाइएको छ । प्लानेट भिटीका हाल देशभर २९ वटा सेन्टर रहेका छन । संचालक शर्माले अत्तरियाबाट छनोट भएका विद्यार्थीले पछि जुनसुकै सेन्टरमा गएर पनि यो कोर्ष पढ्न पाउने बताए।

उनले अध्ययन गरेका विद्यार्थीले आइएसओ मान्यता प्राप्त सर्टिफिकेट पाउने बताए । विद्यार्थीले कोर्ष पढेपछि सिटिइभिटीको स्केल टेष्ट दिएर सिटिइभिटीको सर्टिफिकेट पनि लिन सक्ने उनले बताए ।

Loading...