प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै कैलाली अदालत पनि कालो पट्टीसहित धर्ना

धनगढी, २८ कार्तिक– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कैलालीका कानून व्यवसायी पनि कालो पट्टि सहित धर्नामा बसेका छन्।

Dadeldhura hospital

नेपाल बार एसोसिएशनको अगुवाइमा कैलालीका कानून व्यवसायीले आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला अदालत कैलाली परिसरमा कालो पट्टिसहित धर्ना दिएको हुन् ।

Navadurga sun
Godawari sandesh

प्रधान न्यायाधीश जबराको राजिनामा माग गर्दै जारी आन्दोलनमा कैलाली जिल्ला अदालत बार एशोसिएशनद्वारा एक्यवद्धता जारी गर्दै कैलाली जिल्ला अदालत परीसरमा आज बिहान एक घण्टा कालो पट्टी सहित धर्ना दिइएको नेपाल बार एशोसियशन कैलालीका अध्यक्ष सिद्धराज ओझाले जानकारी दिए । यस्तै २९ र ३० गते पनि कालो पट्टीसहित आफूहरुको धर्ना जारी रहने उनले बताए । प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बार एसोसिएशनले जनाएको छ ।

Loading...