कैलालीको अत्तरियामा एक महिला मृत फेला

अत्तरिया, २७ कार्तिक- कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन्। डडेल्धुरा घर भई हाल अत्तरियामा भाडामा बस्दै आएकी २७ बर्षिय कल्पना भट्ट मृत फेला परेकी हुन्। उनी गएराति आफ्नै सुत्ने कोठामा पङ्खामा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

परिवारका सबै जना देउता पुज्न पहाड गएका बेला उनी मृत फेला परेकी हुन्। उनका ९ बर्षिय छोरा रहेका छन्। प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...