भारतमा रोजगारीको सिलसिलामा जानेहरुलाई सीमामा वित्तिय साक्षरता अभियान

धनगढी, २५ कार्तिक– भारतमा रोजगारीको सिलसिलमा जानेहरुलाई सीमामा वित्तिय साक्षरता अभियान सुरु भएको छ । ग्लोबल आईएमई बैंक र आईएमई रेमिटको आयोजनामा सुदूरपश्चिमका २ सीमा नाका गौरीफन्ता र गड्डाचौकीमा तीन दिनसम्म वित्तिय साक्षरता अभियान सुरु भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

चाडपर्व मनाएर रोजगारीका लागि भारत फर्किनेहरुको लर्को लागेका बेला उनीहरुलाई सुरक्षित रुपमा कानुनी तथा औपचारिक बाटोबाट रकम पठाउने लगायतका विषयमा जानकारी दिईएको ग्लोबल आईएमई बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्टले बताए । वित्तिय साक्षरता सुरुवात कार्यक्रममा ग्लोबल आईएमई बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट सहित आईएमई लिमिटेडका सुदूरपश्चिम प्रमुख सन्जय कोईराला तथा मुथुथ फाईनान्स भारतका प्रतिनिधि अनिल कार्की र आईएमई फोरेक्स ईण्डिया पाईभेट लिमिटेडका प्रतिनिधि हिमान्सु लेखकको सहभागीता रहेको थियो ।

Navadurga sun

रोजगारीका लागि विदेशमा रहेकाहरुले रेमिट्यान्स मार्फत रकम पठाएमा एक प्रतिशत थप ब्याज दिने निति रहेको छ । तर अधिकांश सुदूरपश्चिमेलीहरुले अहिले पनि असुरक्षित रुपमा रकम पठाउने गरेका छन् । कडा मेहनत गरेर कमाएको रकम आफुसँग बोकेर ल्याउने गरेका कारण लुटिने तथा हत्याका घटनाहरु पनि भईरहेका छन् ।

कतिपयका आफन्त तथा घर परिवारले होण्डी मार्फत पठाएको रकम पनि नपाउने अवस्था रहेको छ । सीमा क्षेत्रमा सञ्चालन भएको यो अभियानले सुरक्षित रुपमा रकम पठाउने बानीको विकास गर्दै लैजाने अपेक्षा गरिएको छ । हाल १० लाख सुदूरपश्चिमेलीहरु रोजगारीका लागि भारतमा रहेको अनुमान रहेको छ । तर सुदूरपश्चिममा उनीहरुले पठाउने रेमिट्यान्सको रकम र कामको प्रकृति बारे भने कुनै निकायबाट अध्ययन समेत हुन सकेको छैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...