छठ पर्व सुरु भएसंगै मोहना नदी किनार दुलही झैं सिगारीदै

धनगढी, २३ कार्तिक- छठ पर्व सुरु भएसंगै कैलालीको मोहना नदी किनार दुलही झैं सिगारिन थालिएको छ। मिथिला समुदायले धुमधामका साथ मनाउने छठ पर्वका लागि मोहना नदी किनारलाई झकिझकाउ बनाइँदै छ। प्रत्येक वर्ष मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लाग्ने गर्छ।

गत वर्ष कोरोनाको सन्त्रासले गर्दा जिल्ला प्रशासनले भिडभाडमा रोक लगाएसंगै छठ पर्व घर आँगनमै मनाइएको थियो। तर यस वर्ष भन्ने कोरोनाको जोखिम कम भएपछि मोहना नदीमै छठ पर्व बनाउने तयारी गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘यस वर्ष मोहना नदीमा १५० वठा स्टल रहने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । ‘प्रत्येक वर्ष स्टलहरु बढ्दै आइरेका छन्, उनले भने। ४० देखि ५० हजार दर्शानार्थीहरुको सहभागिता रहने उनले बताए। स्वास्थ्य मापदण्डको पालना गरेर छठ पर्व मनाइने उनले बताए।

आइतबारका दिन ‘अरबा–अरबाइन’ र सोमबार ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले आज (मंगलबार) दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन्।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।

Loading...