राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलिदेखि मूल गणना सुरू 

काठमाडौं, २३ कार्तिक- राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए।

Ganyapdhura gau
Dadhaldhura pur

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०(१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ।

Navadurga sun

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो। छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन्।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...