वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माण गर्न निःशुल्क काठ

कञ्चनपुर, २२ कार्तिक– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ ।

Ganyapdhura gau

समूहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलब्ध गराउने निणर्य गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले बताए ।

Navadurga sun

‘झोपडीमा वर्षौँदेखि बस्दै आएका विपन्न, एकल महिला, घरबासका लागि मात्रै जग्गा भएका आयस्रोत नभएका उपभोक्तालाई ढुवानी चिरानी खर्च सामुदायिक वनले बेहोर्ने गरी काठ उपलब्ध गराउँदै छौँ’, उनले भने, ‘यस कार्यबाट सहजरुपमा विपन्न परिवारले बस्नका लागि घर पाउँछन् ।’

झोपडीमा बस्दै आएका परिवारले सर्प, विषालु किरा र बर्सातमा पानी पर्दा निकै सास्ती खेप्नुपर्ने अवस्था थियो । काठ उपलब्ध गराइएपछि विपन्न परिवारले सुरक्षित घर निर्माण गरी सहज रुपमा बस्न पाउँने अध्यक्ष महराले बताए ।

Dadhaldhura pur

सामुदायिक वनका उपभोक्तामध्ये विपन्न अवस्थाका उपभोक्ताको पहिचान गर्ने कार्य भइसकेको उनले बताए । विपन्न अवस्थाका ६५ उपभोक्तालाई निःशुल्क रुपमा काठ उपलब्ध गराउनका लागि छनोटमा परेका छन् । अपाङ्गता भएका व्यक्तिलाई समितिले भत्ता दिने व्यवस्था समेत गरिएको छ ।

चार वर्षदेखि नियमित रुपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा रु ३०० का दरले भत्ता बापत रकम उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु संस्कारमा प्रयोग हुने गरी समितिले निःशुल्क रुपमा दाउरा समेत उपलब्ध गराउँदै आएको छ । ‘उपभोक्ताको मृत्यु भएमा अन्तिम संस्कारका लागि दाउरा उपलब्ध गराउँदै आएका छौँ’, समितिका अध्यक्ष महराले भने, ‘बेवारिसे शवको दाहसंस्कारका लागि समेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।’

उपभोक्तालाई काठ उपलब्ध गराउँदा धोद्रो (भित्र कुहिएको) भएको गोलिया पर्ने सम्भावना धेरै हुन्थ्यो । उपभोक्ता मार्कामा पर्ने गरेका थिए । यसै कुरालाई मध्यनजर गर्दै समितिले उपभोक्तालाई काठ चिरानी गरी उपलब्ध गराउँदै आएको छ ।

समितिले डिभिजन वन कार्यालय कञ्चनपुरको सहमतिमा चालु आवमा साल, राइजामुन, बर्रो, असना, कर्मा, जामुन लगायतका २ हजार ४२ गोलियाको १७ लाख ३६ हजार ७६९ क्युविक फुट काठ चिरानी गर्ने सहमति पाएको छ । काठ चिरानीको सव डिभिजन वन कार्यालयका कर्मचारीको प्रत्यक्ष रेखदेखमा हुने बताइएको छ ।

काठ, दाउरा, भुईँ घाँस बिक्रीबाट सामुदायिक वनले आम्दानी गर्दै आएको छ । सामुदायिक वनमा ५०० उपभोक्ता आश्रित रहेका छन् । विसं २०५८ मा विधिवतरुपमा दर्ता भएको सामुदायिक वन २३० दशमलव शून्य एक हेक्टरमा फैलिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...