करिब ४ लाख रूपैयाँ बराबरको पटाका कञ्चनपुर प्रहरीद्धारा बरामद

Dadhaldhura pur

कञ्चनपुर, १७ कार्तिक- प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ । भीमदत्त नगरपालिका वडा नं. ३ भाँसीबाट प्रहरीले करिब ४ लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको हो ।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो। बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...