गोदावरी २ तेघरीमा भलिबल प्रतियोगिता सम्पन्न, प्रथम उपाधी गोदावरी ४ हाटखोलीले हात पार्याे





अत्तरिया, १६ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा दोस्रो राजधानी वडा कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ। नेपालीहरुको महान चार्ड दिपावलीको अबसरमा राजधानी टोल सुधार समितिको आयोजनामा यही कात्तिक १३ गतेवाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।



सो प्रतियोगिताको उपाधि गोदावरी नगरपालिका वडा नं ४ हाटखोलीले हात पारेको छ । निकै प्रतिस्पधात्म भएको आजको अन्तिम फाईलन खेलमा गोदावरी ५ गेटाको टिमलाई हराउदै हाटखोलीले उपाधि हात पारेको हो । ५ सेटमा भएको खेलमा गोदावरी नगरपालिका वडा नं ४ हाटखोलीले ३–१ सेटका साथ बिजयी भएको छ । उपाधिसंगै हाटखोलीको टिमले नगद रु ३० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको गेटाको टिमले नगद रु १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वडाका स्थानिय खेलाडीहरु मात्रै सहभागी हुने गरि आयोजना गरिएको उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको थियो ।


राजधानी टोल सुधार समितिका अध्यक्ष सुधिर बलाएरको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए । बिजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशीले नगद, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।
नकाउट चरणमा भएको प्रतियोगिता राजधानी टोल सुधार समितिको तेघरी स्थित आफ्नै खेल मैदानमा खेलाइएको थियो । प्रतियोगिताका संयोजक प्रकाश बोहराले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।



