बिहीबार देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी दिनमा विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

Navadurga sun

आज दिउँसो हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ।

मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। मङ्गलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

बिहीबार धेरै स्थानमा वर्षाको सम्भावना

बिहीबार देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा, चट्याङ र हिमपातको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

ADD Khali jpg
Loading...