कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।






सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो।





सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा तथा किराना सामान रहेका छन्। ती सामान बेवारिसे अवस्थामा फेला परेका थिए।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।




