धनगढीबाट खैरो हिरोइन सहित ३ जना पक्राउ





अत्तरिया, १३ कार्तिक– कैलालीको धनगढीबाट लागु औषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका वडा नं. १ बुद्धमार्गबाट खैरो हिरोइन सहित धनगढी उप–महानगरपालिका वडा नं. ८ बस्ने १९ बर्षिय आदर्श कुंवर, सोही ठाउँका २४ बर्षिय बसन्त चौधरी र धनगढी उप–महानगरपालिका वडा नं. ६ बस्ने १८ बर्षिय हिमाल शाही पक्राउ परेका हुन ।


उनीहरुको साथबाट ४ ग्राम १०० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सडकमा हिडिरहेका उनीहरुमाथि संका लागेर चेकजाँच गर्दा लागु औषध खैरो हिरोईन फेला परेको हो । पक्राउ परेका तिनै जनालाई लागु औषध खैरो हिरोईन मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



