गोदावरी–१२ ओलानीमा निःशुल्क आखाँ शिविर आयोजना




अत्तरिया, १३ कार्तिक– कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ ओलानीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । सांग्रिला बैंक लिमिटेड अत्तरिया शाखाले बैंकको १७ औं वार्षिकउत्सवको अवसरमा शिविर आयोजना गरेको हो ।



शिविरमा ३ सय ७० जना स्थानियले सेवा लिएको बैंकका अत्तरिया शाखा प्रबन्धक दिपेन्द्र बहादुर ऐरले जानकारी दिए । वडा नं. १२ को शिव आधारभुत विद्यालयमा आयोजना गरिएको उक्त शिविरलाई गेटा आखाँ अस्पतालले सहयोग गरेको उनले बताए ।


शिविरमा सहभागी भएका स्थानिय मध्ये ८१ जनाको अप्रेशन गर्नुपर्ने भएको उनले बताए । यसका साथै शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।
उक्त आँखा शिविरमा अत्तरियाका व्यापारीहरुले पनि सहयोग गरेका थिए । अत्तरियाका व्यापारी शेर बहादुर साउँद, सुरत बहादुर कार्की, सम्झौता शु सेन्टर, धर्मराज सप्लायर्स, रविन्द्र खनाल र महाराजा सप्लायर्सले शिविरमा सहभागी स्थानियहरुलाई फलफुल वितरण गरेका थिए । यस्तै पिजि वाटर र कञ्चन किराना पसलले शिविरमा पानी सहयोग गरेको बैंकका शाखा प्रबन्धक ऐरले बताए ।



