कैलालीको टिकापुरमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

धनगढी, १३ कार्तिक- जिल्लामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्युको भएको छ।

Ganyapdhura gau

धारीलो हतियार चक्कु प्रहारबाट टिकापुर नगरपालीका-८ कालीमाटीका १८ बर्षीया अनुप साउदको मृत्यु भएको हो।

Navadurga sun
Dadhaldhura pur

शुक्रबार राति साढे १० बजे भजनी नगरपालीका-३ ठेकीपुरका १८ बर्षीय किरण साउदले चक्कु प्रहार गर्दा उनी घाइते भएका थिए।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा घटनाको एक घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुप र किरणको वादविवाद भएर झगडा भएको थियो। त्यसैक्रममा किरणले अनुपलाई चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहार गर्ने किरणलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...