आज बिहान ११ बजेदेखी लालपुरमा राष्ट्रकै चर्चित कलाकारहरुको साथमा बृहत सास्कृतिक कार्यक्रम हुँदै





अत्तरिया, १३ कार्तिक– कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरमा आज बृहत सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । स्थानिय दिप शिखा डान्स क्लबको आयोजनामा आज बिहान ११ बजेदेखी राष्ट्रिय कलाकारहरुको साथमा बृहत सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिने भएकाे हो ।


बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दिप शिखा डान्स क्लबले हरेक बर्ष दशै तिहार तथा छठ पर्वको अबसरमा सुदूरपश्चिमको कला संस्कृतको जर्गेना र जनचेतना मुलक सन्देशहरु दिनका लागि कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष तिहारको अबसर पारेर उक्त कार्यक्रम हुने भएकाे हो ।



गोदावरी नगरपालिका वडा नं ६ र ७ को संगम स्थल लालपुर गौडी चोकमा हुने उक्त कार्यक्रममा देशकै चर्चिक गायक गायिका संगै स्थानिय बिभिन्न प्रतिभाहरुका पनि प्रस्तुति रहने आयोजक दिश शिखा डान्स क्लबका संचालक दिर्घ साउँदले जानकारी दिए ।
सो कार्यक्रममा आज राष्ट्रकै चर्चित गायिका शान्ति श्री परियार, लोकपप गायक सुरेश चोखाल, लोकपप तथा देउडा गायक सूर्य बिरही साउँद र गायक प्रेम बोहराको बेजोड प्रस्तुति रहने उनले बताए ।
यसका साथै दिप शिखा डान्स क्लब, क्युरिक्स डान्स स्टुडियो, वान वे डान्स क्याम्प, कोरियो भाइब डान्स हब लगाएतका स्थानिय बिभिन्न आर्कषक प्रस्तुतिहरु रहने भएका छन् । कार्यक्रम हेर्नका लागि कुनै टिकट शुल्क तोकिएको छैन ।
कार्यक्रमको संचालन उद्धघोषक एबम् पत्रकार हेमराज भट्टले गर्नेछन् । कार्यक्रममा सहभागी भई मनोरञ्जन लिदै कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण गोदावरी नगरबासीहरुमा उनले आग्रह गरेका छन् ।



