जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

धनगढी, ११ कार्तिक- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

Dadeldhura hospital

वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका मारमा परेका जनतालाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापनका लागि पूर्वमन्त्री बिना मगर नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार लागि परेको बताए। उनले प्राकृतिक विपत्तिले निम्त्याएको समस्या साझा समस्या भएकाले सबैले हातेमालो गरेर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्ने उल्लेख गरे। उनले भने, “प्रदेश सरकार तपाईंको साथमा छ, जे हामीले गर्न सक्छौँ त्यो गर्दछौँ र नसक्ने विषयमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्नेछौँ।”

Navadurga sun
Godawari sandesh

मुख्यमन्त्री भट्टले वर्षाले किसानको जुन बालीनाली नोक्सान गरेको छ त्यसका लागि पनि लगत सङ्कलन गर्ने काम तीव्र गतिमा भइराखेको जानकारी गराए। पूर्वमन्त्री विना मगरले अविरल वर्षाले निम्त्याएको डुबान र बाढीका कारण जनताको जनजीवन निकै प्रभावित भएकाले जीवनलाई सहजीकरण गर्नका निम्ति सुदूरपश्चिम प्रदेश सरकारलाई विशेष अनुरोध गरिन्।

ज्ञापनपत्रमा किसानलगायत डुबान प्रभावित क्षेत्रका जनतालाई अविलम्ब राहत उपलब्ध गराउनुपर्ने, बाढीले प्रभावित जनताको स्वास्थ्य उपचार, बिचल्लीमा परेका नागरिकलगायत बसोबासको व्यवस्था मिलाउन, किसानलाई क्षतिपूर्तिसहित आवश्यक रव्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न माग उल्लेख गरिएका छन। (रासस)

Loading...