कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Dadhaldhura pur

कञ्चनपुर, ११ कार्तिक- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १० टोटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने क्रममा अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

Ganyapdhura gau

सु.प. प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो। उपचारका क्रममा राति १२ बजे चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...