बेमाैसमी वर्षाका कारण क्षति बेहोरेका किसानलाई सरकारले राहत दिने




काठमाडौं, ११ कार्तिक– बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर ६५ प्रतिशतसम्म राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ बिघाभन्दा माथि क्षति भएका किसानलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको उनले बताए ।


राहत उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाइने भएको छ ।



