दार्चुला- दार्चुलामा पहिरोमा परेर तीन जना घाइते भएका छन् ।
महाकाली नगरपालिका–४ को रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा दुहुँ गाउँपालिका–४ बस्ने २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ बस्ने ४२ वर्षीया भागरती धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय भगतसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गौरव महतले जानकारी दिए ।
उनकाअनुसार घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।
