गोदावरी आर्यघाटमा नगरप्रमुख भट्टको नेतृत्वमा बृहत् सरसफाइ अभियान

अत्तरिया- ‘ग्रिन गोदावरी, क्लिन गोदावरी’ तथा ‘हाम्रो नगर, सफा सुन्दर शहर’ भन्ने मूल नाराका साथ गोदावरी नगरपालिकाले गोदावरी आर्यघाटमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

नगरप्रमुख विरेन्द्र भट्टको नेतृत्वमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आर्यघाट परिसर र आसपासका क्षेत्रमा फैलिएको फोहोर संकलन गरी सरसफाइ गरेका थिए। कार्यक्रममा देवीदल गण तेघरी ब्यारेक, अत्तरियाको पनि सहकार्य रहेको थियो।

Navadurga sun

नगरपालिकाले अन्तिम संस्कारका लागि प्रयोग गरिएका सामग्री तोकिएको स्थानमा व्यवस्थापन गर्न तथा पानीका बोतललगायत फोहोर जथाभावी नफाली डस्टबिनमा राख्न सबैमा अनुरोध गरेको छ। अभियानले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र आर्यघाट क्षेत्रलाई सफा तथा व्यवस्थित राख्ने उद्देश्य लिएको नगरपालिकाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...