डोटी- सहजपुर–बोगटान–दिपायल सडकअन्तर्गत मटघरदेखि टुडा गाडसम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्ने उद्देश्यले डबल कटिङ कार्य सुरु भएको छ।


यस आयोजनाका लागि २०८३ असार २२ गते पूर्वाधार विकास कार्यालय डडेल्धुरा र निर्माण कम्पनी इन्द्रधनु–नागार्जुन जेभी, बैतडीबीच सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण कार्य २०८५ असार ३ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

कुल २३ करोड ८२ लाख ९० हजार ६ सय २६ रुपैयाँ लागतमा निर्माण हुने उक्त सडक निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको जनाएको छ। सडक आयोजनाको शिलान्यास बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले गरेका हुन्।
