बाढी ग्रस्त बस्तीमा झाडापखलाको रोगीको संख्या बढी

कञ्चनपुर, ८ कार्तिक– बर्षाका कारण ठाउँ ठाउँका बाढी ग्रस्त बस्तीमा झाडापखलाको रोगीको संख्या बढी देखिएकाे छ । कञ्चनपुर जिल्लाकाे दाेधारा चाँदनी नगरपालिका वडा नं. १० मा आएको बिनासकारी बाढीको कारण स्थानियहरु बिरामी हुन थालेका छन् । गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका संचालक तथा सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशाला सहयोगमा बाढी ग्रस्त बस्तीमा संचालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा स्थानियहरुमा झाडापखालाका रोगी बढी आएका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

दोधाराको कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा महाकाली नदी र जगबुडा नदीको भंगालो बसतीमा पसेपछि बस्तीका घरहरु क्षतबिक्षत बनाएर बेघर बनाएको हो । बस्तीमा खानेपानीको ह्याण्ड पाईप र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भईसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य भएको कारण उनिहरुमा झाडापखाला लाग्नेको संख्यामा बृद्धि भएको स्थानियबासी माहेन सुनारले बताएका छन् ।

Navadurga sun

अनुसार बाढी ग्रस्त बस्तीहरुमा बढी जसो झाडापखाला, ज्वरो लगाएत बिरामी देखा परेको निशुल्क स्वास्थ्य शिविरमा उपचारमा खटिएका आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीले बताएका छन् । बस्तीमा झाडापखाला, ज्वरोको समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न डा. चौधरीले सुझाव दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...