कोल्ड स्टोर नचल्दा कञ्चनपुरका आलु किसान सस्तोमा बिक्री गर्न बाध्य

कञ्चनपुर- कञ्चनपुरमा आलुको उत्पादन राम्रो भए पनि शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसानहरू सस्तो मूल्यमा आलु बेच्न बाध्य भएका छन्। करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका कोल्ड स्टोर प्रयोगविहीन बनेपछि किसानले प्रतिकिलो १५ रुपैयाँसम्ममा आलु बिक्री गर्नुपरेको गुनासो गरेका छन्।

Dadeldhura hospital

दोधारा चाँदनी–८ का किसान प्रेम रोकायाले भण्डारण सुविधा नहुँदा उत्पादन भएको आलु कम मूल्यमा बेच्नुपरेको बताए। बिउका लागि राखिएको आलु समेत कुहिन थालेपछि आगामी सिजनमा महँगो मूल्यमा बिउ किन्नुपर्ने अवस्था आएको उनले बताए। बेदकोटका किसानहरूले पनि कोल्ड स्टोर बन्द हुँदा आलु भण्डारणका लागि कैलाली लैजानुपर्ने र त्यसमा अतिरिक्त खर्च व्यहोर्नुपरेको बताएका छन्।

Navadurga sun
Godawari sandesh

कञ्चनपुरमा संघीय, प्रदेश र स्थानीय तहबाट २० करोड रुपैयाँभन्दा बढी लगानी भए पनि अधिकांश कोल्ड स्टोर सञ्चालनमा आउन सकेका छैनन्। तीन वर्षअघि निर्माण सम्पन्न भएको दोधारा चाँदनीको कोल्ड स्टोर समेत अझै प्रयोगमा नआएको भन्दै किसानहरूले सरकारी बेवास्ताका कारण आफूहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन्।

Loading...